अझ केहिदिन भारी बर्षा हुने, सावधानी अपनाउन मौसम पूर्बानुमान महाशाखाको आग्रह



काठमाडौं।जल तथा मौसम बिज्ञान बिभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले अझै केहि दिन भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

महाशाखाकाअनुसार प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरु र बाँकी प्रदेशका एक/दुई स्थानमा वर्षा भइरहेको छ।

महाशाखाले शनिबार दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा कर्णाली तथा सुदुरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहने जनाएको छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित भारी वर्षाको सम्भावना छ। प्रदेश २ र बागमती प्रदेशका एक दुइ स्थानमा धेरै भारि बर्षाको समेत सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।

राती प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, र गण्डकी प्रदेशका एक दुइ स्थानमा धेरै भारि बर्षाको समेत सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस्