कृषि ज्ञान केन्द्र सोलुखुम्बुद्वारा कृषि यन्त्र वितरण



सोलुखुम्बु । कृषि ज्ञान केन्द्र सोलुखुम्बुले ६१ लाख ६४ हजार ५ सय मुल्य बराबरको कृषि यन्त्र उपकरण वितरण गरेको छ । चालु आर्थिक बर्ष २०७७÷७८ को कृषि यन्त्रिकरणका लागि औजार उपकरण प्रयोग प्रवर्द्धन कार्यक्रम अन्र्तगत ७५ प्रतिशत अनुदानमा कृषकलाई विभिन्न यन्त्र उपकरणहरु वितरण गरेकोे केन्द्रका बाली संरक्षण अधिकृत कुल बहादुर राईले जानकारी दिनुभयो ।

जसमा ज्ञान केन्द्रको ७५ प्रतिशत अर्थात ४२ लाख ६० हजार र कृषकको तर्फबाट २५ प्रतिशत अर्थात १९ लाख ४ हजार ५ सय रुपैयाँ लगानी भएको अधिकृत राईको भनाई छ । उहाँका अनुसार हाल विद्यामान परम्परागत कृषि प्रणालीलाई विस्थापित गर्दै आधुनिक यन्त्रिकरण गर्ने उद्देश्यले जिल्लाका ९५ जना कृषकहरुलाई सामाग्री वितरण गरिएको हो ।

जसमा मिनिटिलर–५९ वटा, मल्टिक्रप थ्रेसर–२१ वटा, कर्न सेलर–३ वटा, रिपर तथा ब्रस कटर १० वटा, पावर स्प्रेयर–२ वटा रहेका छन् । आठ स्थानीय तह रहेको जिल्लामा सोलुदुधकुण्ड नगरपालिकाका–६२ जना, माप्य दुधकोशी गाउँपालिकाका–९ जना, थुलुङ दुधकोशी गाउँपालिकाका–१२ जना, खुम्बुपासाङ ल्हामु गाउँपालिकाका–६ जना, नेचासल्यान र लिखुपिके गाउँपालिकाका ३/३ जना कृषकहरू छनौंटमा परेको केन्द्रले जनाएको छ ।

जिल्लाको कोशी पारिका २ स्थानीय तह सोताङ र माहाकुलुङ गाउँपालिकामा भने दुई बर्ष लगातर उपकरण वितरण गरि सकेकाले यस वर्ष वितरण नगरिएको केन्द्रले जनाएको छ । अनुदानमा उपकरण पाउँने कृषकहरु छनौंट प्रकृया अन्र्तगत विगत वर्षहरुमा यन्त्र उपकरण नपाएका कृषक, पाँच रोपनी भन्दा माथि जग्गा आवादी कमाएका कृषक, प्राथमिकीकरणको हकमा कृषक समूह, कृषि सहकारी संस्थाहरु लगायत, दलित/महिला/आदिवासी/जनजाती भएको कृषकहरु छनौंट सुचीमा परेको केन्द्रका प्रमुख दुर्गा बहादुर तिरुवाले जानकारी दिनुभयो ।

साभारः सोलु एम.एम.

प्रतिक्रिया दिनुहोस्