नेचासल्यानलाई स्वास्थ्य मन्त्रालयले उपलब्ध गरायो विभिन्न स्वास्थ्य सामाग्री

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोलुखुम्बु जिल्लाको नेचासल्यान गाउँपालिकालाई विभिन्न स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ।

कोरोना भाईरस संक्रमणको रोकथाम तथा नियन्त्रणमा प्रयोग हुने ती स्वास्थ्य सामाग्री नेकपा एमाले नेचासल्यान गाउँपालिका कमिटीका अध्यक्ष जगन्नाथ बास्तोलामार्फत गाउँपालिकालाई हस्तान्तरण गरिएको हो।एमाले नेता महेश किरांतीले मन्त्रालयबाट बुझेका ती स्वास्थ्य सामाग्री सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल भन्सार कार्यालयमा बास्तोलालाई हस्तान्तरण गरिएको थियो।
बास्तोलाका अनुसार स्वास्थ्य मन्त्रालयबाट उपलब्ध गराइएका स्वास्थ्य सामाग्रीमा गाउन सेट दुई सय, एन नाइन्टी फाइभ मास्क २ सय थान, स्यानिटाइजर २५ लिटर छन् ।
यस्तै नर्मल मास्क २५ सय थान, फेस सिल्ड एक सय थान, ग्लब्स एक सय ५० थान, अक्सिजन सिलिन्डर तीन थान ९४० लिटर क्षमताको० अक्सिजन कन्सन्ट्रेटर एक थान ९१० लिटर क्षमताको० थर्मल गन एक थान, पल्स अक्सिमिटर दुई थान, एन्टिजेन परीक्षण किट ५० थान, डिजिटल थर्मोमिटर पाँच थान प्राप्त भएको बास्तोलाले बताए ।

