निषेधाज्ञा : सोलुखुम्बुमा दुई पांग्रे सवारीसाधन चलाउन पाईने



सोलुखुम्बु ।सोलखुम्बुमा जारी निषेधाज्ञालाई खुकुलो गर्दै पुन एक हप्ता अवधी थपिएको छ । आज (आईतबार) बसेको डिसिसिएमसीको बैठकले जिल्ला भित्र दुई पाङ्ग्रे सवारी साधन चलाउन पाउने निर्णय सहित असार २१ गते सम्म अवधी थप गरिएको प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले जानकारी दिनुभयो ।

कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्लामा गत बैशाख २६ गते मध्यराती १२ बजेबाट जारी गरिएको थियो । त्यस यता संक्रमणदर घटेपनि संक्रमण नियन्त्रणमा आउन नसकेकाले पटक पटक गरी निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ । यस अघि थपिएको म्याद आज (आईतबार) राती १२ बजे सकिदै छ ।

प्रतिक्रिया दिनुहोस्