पूर्बमन्त्री केसीद्वारा महाकुलुङलाई स्वास्थ्य सामाग्री हस्तान्तरण



सोलुखुम्बु । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पुर्वमन्त्री बलबहादुर केसीले जिल्लाको महाकुलुङ गाउँपालिकालाई कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि प्रयोग हुने विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् ।

केसीद्वारा गाउँपालिका अध्यक्ष सागर किरांतीलाई सोमबार हस्तान्तरण गरिएका सामाग्रीहरुमा अक्सिजन कन्सरट्रेटर २ थान, पल्सअक्सिमिटर ६ थान, पिपिई सेट ९३ थान, केएन ९५ मास्क ६५ थान, सर्जिकल मास्क २५० थान, हेडक्याप ४०० थान, थर्मल गन, फेस स्लाइडर, सेनिटाईजर लगायत रहेको रहेको महाकुलुङ गाउँपालिकाका सामाजिक विकास तथा स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद आचार्यले जानकारी दिए।

हस्तान्तरण कार्यक्रममा केसीसहित नेपाली कांग्रेसका महासमिति सदस्य शम्भुहरि बास्तोला, नेका सोलुखुम्बु जिल्ला कार्यसमिति सचिव भलाकाजि कुलुङ, जिल्ला सदस्य युवराज घिमिरे र नेविसंघ सोलुखुम्बुका उपाध्यक्ष जीवन बस्नेत र गाउँपालिकाको तर्फबाट किराँती, उपाध्यक्ष विपना कुलुङ, वडा नं ५ का अध्यक्ष सञ्चराम कुलुङ, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु रजन बरालको उपस्थिति रहेको बताईएको छ।

स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै पूर्वमन्त्री केसीले स्वास्थ्य संकटको निरुपण गर्न सबैपक्ष एकजुट हुनुपर्ने बताउँदै आँफू पनि जनताको जीवनरक्षाको लागि माध्यम मात्रै बनेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्