सिमित श्रोत र साधनकाबीच कोरोना नियन्त्रणका लागि सक्दो प्रयास गरिरहेको मेयर शेर्पाको भनाई

सोलुखुम्बु । १०० बेडको क्वारेन्टाइन निर्माण गर्ने योजनामा रहेको सोलुदुधकुण्ड नगरपालिकाले ३५ बेड थप गरेका छ।

नगरपालिकाको वडा नम्बर ४ यार्मार्दिङ स्थित फाप्लु सामुदायिक विद्यालयको भवनमा निर्माण गरिएको क्वारेन्टाइनमा ३५ बेड थप गरिएको नगरप्रमुख शेर्पाले जानकारी दिए।यो संगै नगरपालिकासंग ८० बेडको क्वारेन्टाइन भएको छ।
अक्सिजन कन्सन्टेटर र अक्सिजन सहितको ब्यवस्था गरि बेड थपिएकाले आवश्यक परेको खण्डमा आईसोलेसन नै बनाउन सकिने प्रमुख शेर्पाको दावी छ।

सिमित श्रोत र साधनका बाबजुद पनि कोभिड -१९ को रोकथाम गरी नागरिकको स्वास्थ्य र जीवन रक्षाका लागि नगरपालिकाले सक्दो प्रयास गरिरहेको बताउंदै नगरप्रमुख शेर्पाले यस कार्यमा सरकारी तथा गैर सरकारी संस्थाहरुको सहयोग जुटाउन नगरपालिका सफल रहेको बताए।

उनले कोरोना संक्रमणबिरुद्दका स्वास्थ्य सामाग्री उपलब्ध गराउन अमूल्य साथ र सहयोग गरेको भन्दै Mountain Spirit Germany, Mountain Spirit Foundation Nepal, Nepalmed e.V Germany, Kushu Dewo Health Mission Nepal र Himalayan Project Denmark आभार प्रकट गरेका छन् ।

