सोलु प्रहरीद्वारा ७ बर्षीय बालिकाको उद्दार

सोलुखुम्बु । सोलुखुम्बु प्रहरीले थुलुङ दुधकोशी गाउँपालिका वडा नं-१को नेलेबजारबाट एक ७ बर्षीय बालिकाको उद्दार गरेको छ।

सानै उमेरमा आमाबाबु गुमाएपछि अर्काको घरमा आश्रय लिएर बस्न बाध्य ती बालिकाको मंगलबार उद्दार गरिएको हो। जिल्लाकै सोलुदुधकुण्ड नगरपालिकाको वडा नं-११ घर भएकी ती बालिका माथि चरम अपहेलना भइ रहेको सूचनाका आधारमा प्रहरी र स्थानीयको तदारुकतामा उनको उद्दार गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक कबित कट्वालले जानकारी दियो।
स्थानीय जनप्रतिनिधि समेतको रोहवरमा उद्दार गरिएकी ती बालिकालाई शिक्षादीक्षा एबम् संरक्षणका लागि SOS बालग्राम, ईटहरी पठाइएको वहाँले बताउनुभयो।

