विद्यार्थीको कक्षोन्नतिका लागि थुलुङ दुधकोशीले जारी गर्यो मूल्यांकन निर्देशिका

खगिन्द्रराज बास्तोला
सोलुखुम्बु ।कोभिड-१९ को नयाँ भेरियण्ट संक्रमणले शैक्षिक क्षेत्रमा पुर्याएको क्षति न्यूनीकरणका लागि जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले ‘विषम परिष्थितिमा कक्षोन्नतिका लागि विद्यार्थी मुल्यांकन निर्दिशिका-२०७८’ जारी गरेको छ।

फैलंदो कोरोना संक्रमणका कारण विद्यालयमा भौतिक रुपमा उपस्थित भएर पठनपाठन र नियमित रूपमा गर्नुपर्ने बार्षिक परीक्षा सन्चालनमा कठिनाइ उत्पन्न भएपछि गाउँपालिका शिक्षा समितिको हालै सम्पन्न बैठकले विद्यार्थीहरुको मूल्यांकन प्रक्रियामा एकरूपता ल्याई स्तरीय र मापनयोग्य मूल्यांकन बिधिमार्फत कक्षोन्नतिका लागि निर्देशिका जारी गरेको गाउँपालिकाका अध्यक्ष असिम राईले जानकारी दिए।
जारी निर्देशिकामा विद्यालयमा विद्यार्थीको मूल्यांकनका लागि एक समिति गठन गरिने उल्लेख छ।परिच्क्षेद २ मा उल्लेख गरिए अनुसार परीक्षा समिति संयोजक तथा प्रध्यानाध्यापकको संयोजकत्वमा प्रध्यानाध्यापकले तोकेको शिक्षक, तहगत इन्चार्ज र कक्षा शिक्षक मध्ये कम्तीमा एक महिला शिक्षक सहित २ जना सदस्य मुल्याङ्कन समिति रहने छन। समितिले विद्यालयले सञ्चालन गरेको परीक्षा, कक्षा सहभागीता, हाजिरी, परियोजना कार्य, अनुशासन र निरन्तर विद्यार्थी मूल्याङ्कनलाई आधार मानेर मूल्याङ्कन गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।

