कोरोना : पछिल्लो २४ घण्टामा ६९३९ संक्रमित,७२२६ संक्रमणमुक्त,१०६ जनाको मृत्यु



काठमाडौं। पछिल्लो २४ घण्टामा मुलुकभर ६ हजार ९ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

गत २४ घण्टामा ७ हजार २ सय २६ कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यसअघि बुधबार ६ हजार ७ सय १६ जना कोरोना संक्रमित डिस्चार्ज भएका थिए।

देशभर १०६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार ९ सय ५१ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्