लिखुपिके : पालिकाले प्रयोग गर्दै आएको स्कार्पियोलाइ एम्बुलेन्सका रूपमा प्रयोग गरिने



सोलुखुम्बु ।जिल्लाको लिखुपिके गाँउपालिकाले गाउपालिकाले कार्यालय प्रयोजनका लागि दैनिक प्रयोग हुँदै आएको स्कार्पियो गाडीलाई एम्बुलेन्सका रूपमा प्रयोग गर्ने भएको छ।

गाउँपालिकामा हालसम्म पनि एम्बुलेन्सको ब्यबस्था नभएका कारण पालिकाले दैनिक कामकाजका लागि प्रयोग गर्दै आएको बा.२झ.३६८७ नम्बरको स्कर्पियोलाई बिरामीहरुलाई अस्पताल पुर्‍याउनका लागि प्रयोग गर्ने निर्णय गाउँ कार्यपालिकाको बैठकले गरेको गाउँपालिका अध्यक्ष डम्बर बहादुर बस्नेतले जानकारी दिए।

पालिकामा कोभिड-१९ को नयाँ भेरियण्ट संक्रमण बढ्दै गएका कारण संक्रमित र अन्य बिरामीहरुको सहजताका लागि सो निर्णय गरिएको अध्यक्ष बस्नेतले रहस्यखबरलाई बताए। अध्यक्ष बस्नेतले एम्बुलेन्सका रूपमा प्रयोग हुने सो गाडीको चाबी आइतबार गाउँपालिकाको स्वास्थ शाखा प्रमुख ज्ञानु कार्कीलाई हस्तान्तरण गरेका छन् ।

स्वास्थ्य शाखालाई हस्तान्तरण गरिएको सो गाडी कोरोना संक्रमित बाहेक अन्य बिरामीहरुका लागि पनि प्रयोग गर्ने निर्णय बैठकले गरेको छ।उपचारका लागि कोरोना संक्रमितहरुलाई काठमाडौं लगायत अन्य शहरका अस्पताल लैंजादाको शुल्क गाउँपालिकाले ब्यहोर्ने भएपनि अन्य बिरामीहरुसंग भने शुल्क लिने निर्णय भएको बताईएको छ। त्यसका लागि कार्यपालिकाको आजकै बैठकले शुल्क निर्धारण गरेको पनि अध्यक्ष बस्नेतले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्