कोरोना : पछिल्लो २४ घण्टामा थपिए ८६०७, ७८९० कोरोनामुक्त, १९० जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा ८ हजार ६०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। परीक्षण गराएका २३ हजार २२६ नमूनामध्ये ८ हजार ६०७ जनामा कोरोना संक्रमण देखिएको हो। २२ हजार ३५३ जनाको पीसीआर विधिबाट र ८७३ जनाको एन्टिजेन परीक्षण गराउँदा ८ हजार ६०७ जनामा संक्रमण देखिएको मन्त्रालयले पुष्टि गरेको छ।

यस्तै पछिल्लो २४ घन्टामा कोरोना भाइरसबाट १७७ जनाको मृत्यु भएको छ। यो सहित कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार २४ पुगेको छ। बिहीबार मात्र १९० जनाको कोरोनाबाट मृत्यु भएको थियो। मन्त्रालयका अनुसार शुक्रबार ७ हजार ८९० जना कोरोनामुक्त भएका छन्।
यस्तै हालसम्म १ लाख १६ जहार १९२ जना कोरोनाका सक्रिय संक्रमित छन्। ९१२ जना क्वारेन्टाइमा रहेको मन्त्रालयले जनाएको छ।

