कोरोना : पछिल्लो २४ घण्टामा ९ १९८ संक्रमित, ५७६७ संक्रमण मुक्त २१४ को मृत्यु

काठमाडौँ ।पछिल्लो २४ घण्टामा देशभर ९ हजार १९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरिएको २१ हजार ६५३ पीसीआर परीक्षणमा ९ हजार १९८ जनामा कोरोना पुष्टि भएको हो । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ६४ हजार २१८ पुगेको छ ।

यस्तै २४ घण्टामा ५ हजार ७६७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ३ लाख ४५ हजार ५२३ पुगेको छ ।
नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ४८० पुगेको छ । क्वारेन्टाइनमा ७०८ जना छन् ।सक्रमणबाट २१४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

