कोरोना : पछिल्लो २४ घण्टामा ८५२० संक्रमित,६१३५ कोरोनामुक्त, २०३ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ६ हजार १ सय ३५ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार साँझ अद्यावधिक गरेको तथ्यांक अनुसार यो अवधिमा ८ हजार ५ सय २० जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तो यो अवधिमा २ सय ३ जनाको निधन भएको पनि मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा २१ हजार ४ सय ७८ जनाको परीक्षण गरिएको थियो ।

उनीहरु मध्ये २० हजार ९ सय ४८ जनाको पीसीआर तथा ५ सय ३० जनाको एन्टिजेन विधिमार्फत परीक्षण गरिएको थियो ।

परीक्षणपछि पीसीआरतर्फ ८ हजार ४ सय ६७ तथा एन्टिजेनतर्फ ५३ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस्