पछिल्लो २४ घण्टामा सांढे ८ हजार संक्रमित थपिए, ५३ जनाको मृत्यु

काठमाडौं।शनिबार देशभर झण्डै साढे ८ हजार कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८ हजार ३०४ जनाको कोरोना परीक्षण गरिएकोमा ८ हजार ४१८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार १७ हजार ३१५ को पीसीआर र ९८९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ३७० जना कोरोना संक्रमणमुक्त भएका छन्। पछिल्लो २४ घण्टामा देशमा विभिन्न अस्पताल तथा होम आइसोलेसनमा बसेका ५३ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ।
मन्त्रालयका अनुसा रहालसम्म ३ लाख ८५ हजार ८९० जनामा कोरोना संक्रमण पुष्टि भएकोमा २ लाख ९८ हजार ७६५ निको भएका छन् भने ३ हजार ६३२ जनाको मृत्यु भएको छ। हाल मुलुकभर ८३ हजार ४९३ सक्रिय संक्रमित छन्।

