एमाले प्रदेश सांसद पाण्डेयले दिए राजीनामा

दाङ।एमालेका लुम्बिनी प्रदेश सांसद् नेकपा (एमाले)का लुम्बिनी प्रदेश सांसद दुगनारायण पाण्डेयले पदबाट राजीनामा दिएका छन्।

एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता शंकर पोखरेल पुनः मुख्यमन्त्रीमा नियुक्त भए लगत्तै सांसद पाण्डेले पदबाट राजीनामा दिएका हुन ।
पाण्डेयको राजीनामा पत्र प्राप्त भएको लुम्विनी प्रदेश सभाका सूचना अधिकारी दिनेश अधिकारीले जानकारी दिए ।
पाण्डेय कपिलवस्तु क्षेत्र नम्बर १ (क) बाट निर्वाचित सांसद हुन ।

