सोलुखुम्बु : विद्यालय बन्द गरेर बैकल्पिक माध्यमबाट पठनपाठन गराउन शिक्षा इकाइको आग्रह

खगिन्द्रराज बास्तोला

सोलुखुम्बु । शिक्षा विकास तथा समन्वय इकाई सोलुखुम्बुले मन्त्रीपरिषदको निर्णयलाई पालना गर्दै भौतिक कक्षा बन्द गरि भर्चुअल र बैकल्पिक बिधिमार्फत पठनपाठन गराउन आग्रह गरेको छ।
बुधबार एक सूचना जारी गर्दै इकाई प्रमुख खगेन्द्र श्रेष्ठले कोभिड १९ संकट व्यवस्थापन संचालन केन्द्र र नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय अनुसार विद्यालय तथा शिक्षण संस्था बन्द गर्न र विद्यालय तहका परीक्षा स्थगीत गर्न र गराउन अनुरोध गरेका हुन ।


