सोलुदुधकुण्ड नगरपालिकाका दुई जनामा कोरोना संक्रमण पुष्टि

सोलुखुम्बु । कोरोना संक्रमणको दोश्रो लहर सुरु भएपछि जिल्लामा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

कोरोना संक्रमण पुष्टि हुने दुई जना सोलुदुधकुण्ड नगरपालिका वडा नं ५ का स्थायी बासिन्दा भएको बताईएको छ।जिल्ला अस्पताल फाप्लुमा मंगलबार भएको स्वाव परीक्षणमा ४९ र ६१ बर्षीय उनीहरूलाई कोरोना संक्रमण पुष्टि भएको हो। होम आईसोलेशनमा रहेका उनीहरूको अवस्था सामान्य रहेको श्रोतको भनाई छ। सांकेतिक तस्वीर

