कोरोना संक्रमण : छोरी प्रेरणासहित पूर्बराजा रानी नर्भिक अस्पताल भर्ना

काठमाडौं, ११ वैशाख २०७८। कोरोना संक्रमणका कारण होम आईसोलेशनमा रहनुभएका पूर्बराजा ज्ञानेन्द्र वीर बिक्रम शाह र रानी कोमल शाह छोरी प्रेरणासहित नर्भिक अस्पताल भर्ना हुनुभएको छ।

स्वास्थ्य अवस्था सामान्य र स्थिर भएपनि उपचारमा संलग्न चिकित्सकको सल्लाह अनुसार वहाँहरु अस्पताल भर्ना हुनुभएको पूर्बराजाको निजी सचिवालयले जनाएको छ।वहाँहरु आज(शनिवार) दिउँसो १ बजे नर्भिक अस्पतालमा भर्ना हुनुभएको अस्पतालले जनाएको छ।
कुम्भमेलामा सहभागी भएर हालै मात्र स्वदेश फर्कनुभएका पूर्बराजा रानीलाई केहि दिन अघि मात्रै कोरोना पुष्टि भएको थियो।

