नेपालमा पनि कोरोनाको जोखिम बढ्दै,बुटवलको कोरोना अस्पतालमा सोमबार ३ जनाको मृत्युु



काठमाडौं । नेपालमा सोमबार मात्र थप ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा उपचार गराइरहेका २ महिला र एक पुरुषको आज बिहान मृत्यु भएको हो ।

मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका १ की ७१ वर्षीया महिला, अर्घाखाँची मालारानी–५ की ७९ वर्षीया महिला र कपिलवस्तु वाणगंगा नगरपालिका ३ का पुरुष रहेका छन् ।

चैत २७ गते भर्ना भएकी मालारानीकी ७९ वर्षीय महिलामा ज्वरो र दमको समस्या देखिएको थियो । स्वास्थ्यमा समस्या बढेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

नेपालमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण बढ्दै गइरहेको छ । छिमेकी देश भारतमा कोरोनाको दोस्रो लहर चलिरहदा नेपालमा पनि संक्रमणको जोखिम देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्