खुम्बु क्षेत्रमा लगाइयो दोश्रो चरणको कोरोनाको खोप



खगिन्द्रराज बास्तोला
सोलुखुम्बु ,१० चैत ।खुम्बु क्षेत्रमा कोरोना बिरुद्धको दोस्रो चरणको खोप सम्पन्न गरिएको छ ।

५५ वर्ष माथिका ज्येष्ठ नागरिक, शिक्षक, कर्मचारी लगायत गरी ६ सय ९७ जनालाई यसपालिको कोभिड खोप लगाइएको गाउँपालिका स्वास्थ्य संयोजक अर्थी माया तामाङले जानकारी दिनुभयो ।

जसमा खुम्बु पासाङल्हामु गाउँपालिका-१ खरिखोला केन्द्रबाट बाट पुरुष ७४ र महिला ७२, वडा नं २ र ३ चौरीखर्कबाट पुरुष ७८ र महिला १२२, वडा नं ५ नाम्चेबाट पुरुष ९७ र महिला ८३ रहेका छ्न भने वडा नं ४ खुम्जुङबाट पुरुष ८२ र महिला ८८ रहेका छ्न । जसमध्ये पुरुषको कुल सङ्ख्या ३३२ र महिला ३६५ रहेको खुम्बु पासाङल्हामु स्वास्थ्य शाखाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्