निजी अस्पतालको शुल्क पुनरावलोकन गर्न स्वास्थ्य मन्त्रालयले गर्यो समिति गठन

काठमाडौं,१ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी अस्पतालको शुल्क पुनरवलोकन गर्न समिति गठन गरेको छ। आइतबार बसेको बैठकले निजी अस्पतालको शुल्क पुनरवलोकन गर्न मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठको अध्यक्षतामा समिति गठन गरेको हो।

अस्पतालहरुले प्रदान गर्ने स्वास्थ्य सेवाहरुमा बहिरंग, अन्तरंग, शल्यक्रिया आदि सेवाहरुको गुणस्तर निर्धारण, शुल्क, अस्पतालले आफ्ना कर्मचारीहरुलाई दिने सेवा सुविधाहरु समय अनुसार भए नभएको बारे पुनर्विचार गर्न समिति गठन गरिएको प्रवक्ता डा जागेश्वर गौतमले बताए।

