कांग्रेस सभापतिका लागि गगन थापाले गराए उम्मेदवारी दर्ता



काठमाडौं,२० असोज । काठमाडौँ,२० असोज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् ।

थापाले साँझ ६ बजेर ५ मिनेटमा राष्ट्रिय सभागृहमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।निर्वाचन समितिले वर्षाका कारण केही आकांक्षीले उम्मेदवारी दिन छुटेको हुन सक्ने भन्दै समय बढाएर बेलुकी ७ बजेसम्म पुर्याएको हो ।

सभापतिमा यसअघि श्यामकृष्ण खड्गीले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्