अल्पसंख्यकतर्फ सहमहामन्त्री पदका लागि उम्मेदवारी दिदैं आङगेलु



काठमाडौं,१९ असोज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा केन्द्रीय कार्यसम्पादन समिति सदस्य आङगेलु शेर्पाले सहमहामन्त्रीमा उम्मेदवारी दिने भएका छन् ।

काठमाडौंमा जारी पार्टीको १५औँ महाधिवेशनमा शेर्पाले अल्पसंख्यकतर्फबाट सहमहामन्त्री पदमा उम्मेदवारी दिने भएका हुन । पार्टीको १४ औं महाधिवेशनबाट निर्बाचित केन्द्रीय समितिमा समेत सदस्य रहेका शेर्पाले त्यतिबेला केन्द्रीय पर्यटन बिभाग प्रमुखको भूमिका समेत कुशलतापूर्बक निर्वाह गरेका थिए ।

तीन कार्यकाल नेपाली कांग्रेस सोलुखुम्बुको पार्टी सभापति भएर पार्टी संगठन निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍आएका शेर्पाले १५ औं महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि चयनका लागि हालै भएको निर्वाचनमा खुलातर्फ सबै भन्दा बढी मत प्राप्त गर्न सफल भएका थिए ।

संगठनमा जिल्लादेखि केन्द्रसम्म काम गरेको लामो अनुभव भएका शेर्पा कांग्रेस भित्र अध्ययनशील र तार्किक नेताका रूपमा चिनिन्छन्।

प्रतिक्रिया दिनुहोस्