सांसद कार्कीले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिंदै
काठमाडौं,१९ असोज । नेपाली कांग्रेसका नेता प्रकाशसिंह कार्कीले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिने भएका छन् ।

नेपाली कांग्रेसको जारी १५ औं महाधिवेशनका क्रममा नयाँ नेतृत्व चयनका लागि २२ गते हुने निर्बाचनका लागि कार्कीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने तयारी गरेको उनको सचिवालयले जनाएको छ ।
युवाहरु माझ अत्यन्तै लोकप्रिय ब्यबसायी समेत रहेका कार्की गत फागुन २१ गते भएको निर्बाचनमा सोलुखुम्बुबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । महाधिवेशन प्रतिनिधि चयनका लागि जिल्लामा हालै भएको निर्बाचनमा समेत उनी सबैभन्दा बढी मत ल्याउने नेतामा पर्छन् ।उनलेे खुलातर्फ दोस्रो सर्वाधिक मत प्राप्त गरेका थिए।
अत्यन्तै सरल,शीष्ट र मृदुभाषीका रूपमा कांग्रेस भित्र परिचित कार्की सहमति र एकताका पक्षधर मानिन्छन् । सबैखाले तिक्ततालाई बिर्सिएर सबै एकढिक्का भएर संगठनलाई सशक्त बनाउनुपर्ने कुरामा जोड दिंदै आएका कार्कीले संसद् तथा विभिन्न समितिका बैठकमा सोलुखुम्बुसहित देशका समसामयिक समस्या, विकास र जनसरोकारका विषय बुलन्द ढंगले आवाज उठाउँदै आएका छन् ।
नेपाल उद्योग बाणिज्य महासंघ केन्द्रीय कार्यकारिणी समितिका सदस्य रहिसकेका कार्की नेपाल फ्रेटफर्वार्ड एशोसिएसनका पूर्बअध्यक्ष समेत हुन्।




