कांग्रेसको १५ औं महाधिवेशन: बन्दसत्रअघि केन्द्रीय समिति बैठक बस्दै
काठमाडौं,१९ असोज । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ ।

बैठक आज बिहान १० बजे पार्टीको १५औँ महाधिवेशनस्थल काठमाडौंको खुलामञ्चमा बस्ने भएको हो । बैठकमा पार्टीको १५औँ महाधिवेशनसँग सम्बन्धित विषय तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने छ ।
बन्दसत्रमा सभापति गगनकुमार थापाको राजनीतिक प्रतिवेदन र महामन्त्रीको विधान संशोधन र कोषाध्यक्षले आर्थिक प्रतिवेदन पेस गर्ने कार्यतालिका छ ।
बन्दसत्रमा सात हजारभन्दा बढी महाधिवेशन प्रतिनिधि सहभागी हुँदैछन् । सहभागीलाई तीन हलमा राखेर बन्दसत्रमा भाग गराइनेछ ।




