कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन असोज १८ गते खुलामञ्चमा हुने




काठमाडौं,१३ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह असोज १८ गते काठमाडौंको खुलामञ्चमा हुने भएको छ। कांग्रेस केन्द्रीय कार्यालयले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै महाधिवेशनको उद्घाटन समारोह दिउँसो २ बजे हुने जानकारी दिएको हो।

कांग्रेसका अनुसार १५औँ महाधिवेशनअन्तर्गत वडा,गाउँपालिका र नगरपालिका अधिवेशन सम्पन्न भइसकेका छन् भने प्रदेशसभा क्षेत्रीय अधिवेशन र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सम्पन्न हुने क्रम जारी छ।

भारी वर्षाका कारण केही निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया अझै जारी रहेको जानकारी निर्वाचन समिति र पार्टीका विभिन्न तहका कार्यसमितिबाट प्राप्त भएको कांग्रेसले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्