शीर्ष राजनीतिक नेतृत्वबीच आज सर्वदलीय बैठक बस्दै
काठमाडौँ,३१ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा शीर्ष राजनीतिक नेतृत्वबीच सर्वदलीय बैठक आज बस्ने भएको छ ।
रास्वपा संसदीय दलको कार्यालय,कसिंहदरबारमा आज बिहान ११ बजे बैठक बस्ने प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन् ।

बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल हुने उनले बताए ।
यसअघि पनि भोटेकोशी नदी बेसिनमा आएको बाढीबाट भएको क्षतिपछि राजनीतिक दलहरूबीच सर्वदलीय बैठक बसेर विपद् व्यवस्थापन, राहत तथा पुनर्निर्माणका विषयमा साझा संकल्प गरिएको थियो । file foto


