बाँदरलाई हानेको गोली मान्छेलाई लाग्यो,खोटाङको खार्मीमा एक जनाको मृत्युु



खोटाङ,३० भदौ । बाँदर धपाउन चलाइएको भरुवा बन्दुकको गोली लाग्दा खोटाङमा एक जनाको ज्यान गएको छ।दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका ५२ वर्षीय श्यामबहादुर तामाङको भरुवा बन्दुकको गोली लागेर मृत्यु भएको हो।

मङ्गलबार दिउँसो करिब २ बजे खार्मीको निङ्गालेस्थित महभीरमा मकैबारीमा आएको बाँदर धपाउने क्रममा उक्त घटना भएको जनाइएको छ।

स्थानीय ५४ वर्षीय भलबहादुर तामाङले बाँदरलाई लक्षित गरी भरुवा बन्दुक चलाएका थिए। बाँदरलाई चारैतिरबाट घेरा हालेर धपाउने क्रममा बन्दुक पड्काउँदा गोली श्यामबहादुरलाई लागेको भलबहादुरले बताएका छन्।

गोली लागेर गम्भीर घाइते भएका श्यामबहादुरको उपचारका क्रममा मृत्यु भएको बताइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्