रास्वपाले घण्टी घरमा २५ गतेदेखि ‘हामी सुन्छौ’ अभियान चलाउने
काठमाडौं,२० साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘हामी सुन्छौँ’ अभियान सुरु गर्ने भएको छ । आगामी साउन २५ गतेबाट पार्टीको केन्द्रीय कार्यालय घण्टीघरमा सुरु गरिने भएको हो ।

रास्वपाका सहमहामन्त्री हरि ढकालका अनुसार, यसअघि साउन १३ गते केन्द्रीय समितिको बैठकले सो निर्णय गरेको थियो ।
नागरिकका गुनासा, समस्या र अमूल्य सुझावहरूलाई प्रत्यक्ष रूपमा सुन्न र सम्बोधनका लागि आवश्यक सहजीकरण गर्न प्रत्येक दिन केन्द्रीय सदस्य र प्रतिनिधिसभा सदस्यमध्येबाट दुईजनाको नियमित उपस्थिति अनिवार्य गरिएको छ । यस अभियानमा कम्तीमा एकजना प्रतिनिधिसभा सदस्यको उपस्थिति हरेक दिन अनिवार्य रहने ढकालले बताए ।

