न्यौपानेलाई प्रगतिशील इन्जिनियरिङ संघ गण्डकी प्रदेश इञ्चार्जको जिम्मेवारी
लमजुङ,जेठ ७ । प्रगतिशील इन्जिनियरिङ संघ नेपाल गण्डकी प्रदेश इञ्चार्जको जिम्मेवारी लमजुङका ई. प्रकाश न्यौपानेले पाएका छन्।

गत चैत्र १२ र १३ गते सम्पन्न संघको १०औं केन्द्रीय अधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित न्यौपानेलाई मंगलबार बसेको संघको केन्द्रीय पदाधिकारी बैठकले सो जिम्मेवारी दिने निर्णय गरेको हो।
लमजुङको राईनास नगरपालिका–१ निवासी न्यौपाने हाल नेकपा एमाले लमजुङ जिल्ला कमिटीका सदस्यसमेत हुन् । पेशाले इन्जिनियर रहेका न्यौपाने लामो समयदेखि प्राविधिक क्षेत्रको संगठनात्मक विकासमा सक्रिय छन् ।

