भैरहवा विमानस्थल अनियमितता प्रकरण : मञ्जुले पाईन् छानबिन उपसमिति संयोजकको जिम्मेवारी
काठमाडौँ,४ जेठ । संसद्को लेखा समिति अन्तर्गत भैरहवा विमानस्थलको अनियमितता छानबिन गर्न गठित उपसमितिको संयोजकमा मञ्जु खाँण चयन भएकी छन्।

योगेश भट्टराईले स्वार्थ बाझिने भन्दै छाडेपछि खाँण सो उप समितिको संयोजक चयन भएकी हुन् । भट्टराई पूर्व पर्यटनमन्त्री भएकाले छानबिनको निष्पक्षतामाथि प्रश्न उठेपछि उनले समितिको संयोजकत्वको जिम्मेवारी छाडेका थिए।
उपसमितिको आइतबार बसेको बैठकले खाँणलाई संयोजक चयन गर्ने निर्णय लिएको समितिका सचिव तथा संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।
भट्टराई नेतृत्वको उपसिमितिले भैरहवामा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार र अनियमिततामाथि छानबिन नै नगरी प्रारम्भिक प्रतिवेदन तयार पारेपछि प्रश्न उठेको थियो।

