सिंहदेवी आधारभूत विद्यालय ब्यवस्थापन समितिकाे अध्यक्षमा पासाङ शेर्पा निर्वािचत

दावा जाङ्बु शेर्पा-ओखलढुंगा,६ चैत।ओखलढुंगा जिल्लाको माेलुङ गाउँपलिका वडा न ६ काे श्री सिहँदेवी आधारभुत बिधालय ब्यवस्थापन समितिकाे अध्यक्षमा पासाङ शेर्पा सर्बसहमत निर्वािचत भएको छ।

पुरानाे बिधालय ब्यवस्थापन समितिकाे कार्यकल गत फल्गुण २४ गते नै सम्मपत भएको थियोे । बुधबार भएको अभिभावक भेलाबाट माेलुङ गाउँपलिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख सरस्वति पैडेलकाे उपस्थितिमा प्रमाण पत्र प्रदान गरि बिधालय ब्यवस्थापन समितिमा शेर्पालाई चयन गरिएको बिधालयका प्र अ अम्बर बहादुर कार्की जानाकरी दिए ।
कार्यक्रम मोलुङ गाउँपलिका वडा नः६ काे वडाअध्यक्ष कमल तामाङको प्रमुख अतिथ्यतमा भएको थियोे । उक्त कार्यक्रममा माेलुङ ६ का संस्थपक वडा रामकजी तामाङ माेलुङ गाउँपलिका शिक्षा शाखा प्रमुख सरस्वती पैडैल,माेलुङ गाउँपलिका कार्यपलिका सदस्य किन्जु शेर्पा,वडा सदस्य देवेन्द्र बहादुर तामाङ,नेपाली कांग्रेस वडा नः ६ का वडा सभापति अशोक कुमार कटवाल , नेकपा एमाले वडा नः ६ का अध्यक्ष टेकबहादुर तामाङ,नेकपा माओवादी केन्द्र वडा नः ६ का संयाेजक गेल्वु शेर्पा लगयत अभिभावक, विद्यार्थी र सराेकारवालाहरूकाे उल्लेखनीय उपस्थिति रहेको थियो ।

