केपी शर्मा ओली : ‘सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तक लोकार्पित



काठमाडौं । प्रधानमन्त्री एबम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली केन्द्रित‘केपी शर्मा ओलीः सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तकको आज लोकार्पण भएको छ।

पत्रकार गणेश पाण्डेद्वारा सम्पादित सो पुष्तकको राष्ट्रिय सभागृहमा आयोजित बिशेष कार्यक्रममा प्रमुख अतिथि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी हुन्।प्रधानमन्त्री ओलीले लोकतन्त्र प्राप्तिका लागि गरेको अनेक सङ्घर्षदेखि मुलुकको समृद्धिका लागि देखाएका सपना र गरेको नेतृत्वदायी पहललाई समेटेर पुस्तक तयार गरिएको हो।

पुस्तकमा प्रधानमन्त्री ओलीका सहयात्री,राजनीतिज्ञ,अर्थविद्, सामाजिक व्यक्तित्वहरुका लेख–रचनासमेत समावेश गरिएको जानकारी पुस्तकका सम्पादक पाण्डेले कार्यक्रममा दिएका थिए। पुस्तक अल्केमी प्रकाशनले गरेको हो।

प्रतिक्रिया दिनुहोस्