अनेरास्ववियु सोलुखुम्बु-काठमाडौं सम्पर्क मञ्चमा नयाँ कार्यसमिति



काठमाडौं। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सोलुखुम्बु-काठमाडौं सम्पर्क मञ्चमा नयाँ कार्यसमिति चयन भएको छ।नेकपा एमाले केन्द्रीय कार्यालय च्यासलमा अनेरास्ववियु केन्द्रिय सदस्य तथा सोलुखुम्बु जिल्ला इन्चार्ज सभापतित्व क. प्रवीण कार्कीको सभापतित्वमा सम्पन्न मञ्चको चौथो सम्मेलनले सुजन घिमिरे (सोलुदुधकुण्ड)को अध्यक्षतामा नयाँ समिति चयन गरेको हो।

समितिको उपाध्यक्षत्रयमा सुरेन्द्र बस्नेत (लिखुपिके),विशाल निरौला(नेचासल्यान) सविना राई (माप्य दुधकोकोशी), सचिवमा थार्जेन शेर्पा (थुलुङ दुधकोशी), सह-सचिबद्वयमा नवल खड्‌का (सोताङ) र चुडामणि ढुङ्‌गेल (नेचासल्यान) तथा कोषाध्यक्षमा सुवास तामाङ (सोलु दुधकुण्ड) रहेका छन्।यसैगरी सदस्यहरुमा कविता कुलुङ(महाकुलुङ)आयुष कुलुङ(महाकुलुङ),देवराज खड्‌का(सोताङ)अमित खड्‌का(सोताङ) सुजता राई (थुलुङ दुधकोशी)रहेका छन् ।अन्य सदस्य पछि मनोनित गर्ने र प्रदेशमा सरोज भट्टराइलाई पठाउने निर्णय गरिएको अनेरास्ववियु केन्द्रीय अनुशासन आयोग सदस्य आशिष बास्तोलाले जानकारी दिए।

अनेरास्ववियु केन्द्रिय सचिव तथा कोशी प्रदेश इन्चार्ज मनोज ताम्ली लिम्बूको प्रमुख आतिथ्यमा सम्पन्न सम्मेलनमा नेकपा एमाले सोलुखुम्बुका अध्यक्ष डुफ कुमार बास्तोला,अनेरास्ववियु स्थाई कमिटी सदस्य तथा सम्पर्क समन्वय बिभाग प्रमुख राजकुमार ढकाल,नेकपा एमाले कोशी काठमाडौ सम्पर्क समन्वय सचिवालय सदस्य तथा सोलुखुम्बु जिल्ला इन्चार्ज नन्दराज बास्तोला तथा अनेरास्ववियु केन्द्रिय अनुशासन आयोग सदस्य आशिष बास्तोलाको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्