उपनिर्वाचनमा प्राप्त नतिजापछिको अवस्थाबारे अध्ययनका लागि राप्रपाले बनायो समिति
काठमाडौं।स्थानीय तह उपनिर्वाचनमा प्राप्त नतिजापछिको अवस्थाबारे अध्ययनका लागि राप्रपाले संगठन विभागका प्रमुख तथा वरिष्ठ नेता बुद्धिमान तामाङको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ ।

राप्रपाको कार्यसम्पादन समितिको शनिबार बसेको बैठकले स्थानीय तहको उपनिर्वाचनमा भएको तहगत कमजोरी र त्यसले परिणाममा पारेको प्रभावबारे अध्ययन गरी प्रतिवेदन पेस गर्न सो समिति गठन गरेको राप्रपाले जनाएको छ।
समितिमा बागमती प्रदेश कार्यसमितिका अध्यक्ष विक्रमबहादुर थापा र लुम्बिनी प्रदेश कार्यसमितिका अध्यक्ष प्रदीपकुमार उदय सदस्य रहेको प्रवक्ता मोहन श्रेष्ठले बताए ।

