नेकपा माओवादी केन्द्र नेचासल्यान- काठमाडौं सम्पर्क समन्वय समिति गठन
काठमाडौं।नेकपा माओवादी केन्द्र सोलुखुम्बु-काठमाडौं सम्पर्क समन्वय समितिले नेचासल्यान काठमाडौं सम्पर्क समन्वय समिति गठन गरेको छ।

चाबहिलस्थित केएफसी (KFC ) होटलको हलमा पार्टी केन्द्रीय सदस्य एबम सोलुखुम्बु जिल्ला ईन्चार्ज हेमकुमार राई ‘सुरविर’ को प्रमुख आतिथ्यतामा शुक्रबार सम्पन्न दोश्रो भेलाले रविन भट्टराईको अध्यक्ष्यताका ३५ सदस्य नेचासल्यान काठमाडौं सम्पर्क समन्वय समिति पुनर्गठन गरेको हो ।
समितिको उपाध्यक्ष्यमा जीवन कट्टेल र देव राई, सचिव सलिना राई, सहसचिव अप्सरा बास्तोला र कोषाध्यक्ष रूबिना कट्टेल चयन भएको सोलु-काठमाडौं सम्पर्क मञ्च अध्यक्ष सुरेश बाबू जमरकट्टेलले जानकारी दिए।
भेलामा जिल्ला संयोजक नाम्गेल शेर्पा,थुलुङग दुधकोशी गाउँपालिका कमिटीका ईन्चार्ज घनश्याम नेपाली,प्रदेश सदस्य अनिल राई, सम्पर्क मञ्च ईन्चार्ज संकल्प किराती,युवा नेता भुपेन्द्र कट्टेल लगायतको उपस्थिति रहेको थियो ।

