मंसिर ३ गतेका लागि सर्यो नेपाली कांग्रेस सोलुखुम्बुको बैठक
सोलुखुम्बु।नेपाली कांग्रेस जिल्ला कार्यसमिति सोलुखुम्बुको बैठक स्थगित भएको छ।
जिल्लामा नेपाली कांग्रेसको १०० दिने अभियान सञ्चालनका बिषयमा छलफल गर्न मंगलबारका लागि बोलाईएको बैठक हरिबोधनी एकादशी पर्ब परेका कारण स्थगित गरिएको जिल्ला कार्य समिति सभापति नाम्गेल जाङ्बु शेर्पाले जानकारी दिनुभयो।
सभापति शेर्पाका अनुसार मंगलबारका लागि स्थगित भएको सो बैठक आगामी मंसिर ३ गते बस्ने छ।
बैठकमा नेपाली कांग्रेसको १०० दिने राष्ट्रिय अभियान सञ्चालनका लागि सोलुखुम्बुका लागि प्रतिनिधिका रूपमा खटिनुभएका पार्टीका केन्द्रीय सदस्य अमृत अर्याल तथा जिल्लाबाट प्रतिनिधित्व गर्नुहुने केन्द्रीय सदस्यहरुसहितको सहभागिता रहने छ ।
जिल्ला कार्य समिति सोलुखुम्बुको बृहत सो बैठकले अभियान सम्बद्ध कार्यक्रमहरु कार्यान्वयन प्रारम्भ गर्ने बिषयमा मह्त्वपूर्ण निर्णय गर्ने सभापति शेर्पाको भनाई छ।file foto