भगवान श्रीकृष्णको महिमा र उनले दिएको सन्देश



  • काशीराम घिमिरे

अत्यन्तै चंचल स्वभाव भएका भगवान श्रीकृष्णको जन्म  द्वापरयुगको अन्त्यतिर कृष्ण जन्माष्ट्मिको मध्य रातमा भएको सम्झना स्वरुप आजको दिनलाई श्रीकृष्ण जन्माष्ट्रमी पर्व मनाउने गरिन्छ।उनलाइ गोबिन्दा,काले कृष्ण,मुरारे,दहि चोर लगायतका उपनामले पनि उनलाई पुकारिन्छ।

कृष्णलाई सबैभन्दा मीठो लाग्ने दहि हो।उनी राम्रो मुरली बजाउने गर्दथे। सुरिलो आवाजमा मुरलि बजाउने भगवान् श्रीकृष्णका सोह्र सय गोपिनी थिए भन्ने कथामा पाइन्छ।उनलाई ज्ञान,कर्मयोग र भक्तियोगका प्रणेता पनि भनिन्छ ।

धर्मशास्त्रमा पाइए अनुसार भगवान् श्रीकृष्णकी आमा देवकी र कंश दाजु-बहिनी हुन।तर उनले आफ्नै बहिनीको कोखबाट जन्मिएका सातौं सन्तानहरु मारिसकेका थिए ।देवकीको कोखबाट जन्मिने आठौं सन्तानबाट आफू मारिने थाहा पाएपछि कंशले देवकी र बासुदेवलाई सैनिकको सुरक्षा घेराभित्र जेलमा राखेका थिए। भगवान् श्रीकृष्ण जन्मिने दिनमा कडा सुरक्षा थियो ।भगवान् बिष्णुको मोहित पार्ने शक्तिका कारक कृष्ण जन्मिएका बेला सैनिक गहिरो निद्रामा थिए।त्यसैबेला आकाशबाणीमार्फत बासुदेवलाइ नवजात शिशु कृष्णलाई बृन्दाबनस्थित नन्दको घरमा पुर्‍याउनु भन्ने आकाशबाणी भएको थियो।उनी कृष्णलाई बोकी हिंड्न् लाग्दा त्यहाँका बन्द ढोकाहरु आफैं खोलिए। बासुदेव हत्तपत्त कृष्णलाई बोकी बृन्दाबन लागे। त्यसबेला ठूलो पानी परेको प्रभाव उनलाइ भएन ।उनी नन्दको घरमा गएर त्यहीँबेला यसोदाको कोखबाट जन्मिएकी बालिका बोकेर आए । त्यहाँ आइसकेपछि बालिका रोइन।रोएको आवाज सुनेपछि बच्चा जन्मिएको बल्ल थाहा भयो। यो कुरा कंशलाई थाहा भएपछि उसले देवकीको हातबाट थुती बालिकालाई मार्न खोज्दा उनी फुत्किएर आकशबाणी गरिन्।उनले भनिन- ‘हे पापी कङश तलाइ मार्ने ब्यक्ती जन्मिएको छ र सुरक्षित छ।’

भगवान् श्रीकृष्ण भगवान् बिष्णुको आठौं अवतारको रुपमा जन्मिएका थिए । उनको जन्म नै अन्याय,अत्याचार र राक्षशी प्रवृत्तिबाट सम्पुर्ण मानवको रक्षा गर्ने थियो।उनले सत्य र सत्कर्मको पक्षमा मानव समुदायलाई प्रेरित गरेको पाइन्छ । कौरव र पाण्डवकाबीच भएको धर्म युद्धमा सत्यको पक्षमा रहेका पाँच पाण्डवमध्ये एक अर्जुनलाई युद्धको समयमा दिएको उपदेश नै श्रीमद् भागवत गिता हो।यसैकारण श्रीमद्भागवत गितालाई हिन्दुको पबित्र ग्रन्थ मानिन्छ ।

धर्मको संरक्षण सत्य र न्यायको पक्षमा रही मानव रक्षा गर्न र कंशको जस्तो दानवी प्रवृत्तिको अन्त्य गर्न उनको जन्म भगवान् बिष्णुको आठौं अवतारका रुममा भएको पाइन्छ।समय सँगसगै भगवान श्रीकृष्ण बढदै गए।उनले आफ्नो मामा कंशले अन्याय अत्याचार गरेको र आफ्ना बुवाआमा र हजुरबुवालाई थुनेको यातना दिएको कुरा थाहा पाए।यो उनले सहन सकेनन,युद्ध गरी कंशको बध गरे र आफ्ना बुवाआमा जेल मुक्त गरेर घर लिएर गए।उनले युद्धको बेला अर्जुनलाई ज्ञान,शिक्षा,उपदेश र प्रेरणा दिएका थिए । उनले त्यतिबेला अर्जुनलाई भनेका थिए-‘काम गर,फलको आशा नगर।जव जव पृथ्वीमा धर्मको लोप हुन्छ र पाप बढछ,त्यसबेला धर्मको रक्षाका लागि म मानवरुप धारण गरी धर्तिमा जन्म लिन्छु भन्ने श्रीकृष्ण भनाई श्रीमद्भागवतमा उल्लेख छ।

यसरी धर्म शास्त्र अनुसार के पाउन सकिन्छ भने भगवान श्रीकृष्ण सत्य र न्यायका प्रतिमूर्ती थिए ।उनले अन्याय अत्याचार सहँदैन थिए ।उनले आजीवन सत्कर्मको लागि मानव समुदायलाई प्रेरित गरेको पाइन्छ।भगवान श्री कृष्णबाट मानव समुदायले ग्रहण गर्ने कुरा भनेकै सत्कर्म,न्यायको पक्ष र अन्यायको विरुद्धमा लड्नु हो।

प्रतिक्रिया दिनुहोस्