मकालु हिमाल आरोहण गरी फर्किने क्रममा पर्वतारोही सोलुखुम्बुका शेर्पाको मृत्यु
काठमाडौँ।सङ्खुवासभामा रहेको विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक पर्वतारोहीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोलुखुम्बुका ५३ वर्षीय ल्हाक्पा तेञ्जी शेर्पा छन्। महाकुलुङ गाउँपालिका—४ का शेर्पा संखुवासभाको मकालु गाउँपालिका—२ र ३ को सिमानामा बेपत्ता भएका थिए।उनको शव शुक्रबार मकालु आधार शिविरमा फेला परेको प्रहरी निरीक्षक जबेगुले बताउनुभयो ।
घटनास्थलबाट शेर्पाको शव मुचुल्कापश्चात् काठमाडौँ ल्याइएको छ । घटनास्थल सदरमुकाम खाँदबारीदेखि पाँच दिनको पैदल दूरीमा पर्दछ । (सांकेतिक तस्बिर)

