रबि लामिछानेलाई गृहमन्त्री स्वीकार्न नसकिने भन्दै काँग्रेसले गर्‍यो सदन अवरुद्ध



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद् अवरुद्ध गरेको छ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै आएको कांग्रेसले प्रधानमन्त्रीको जवाफ खोज्दै संसद् अवरुद्ध गरेको हो ।

कांग्रेसले गृहमन्त्री लामिछानेलाई ‘सहकारी पीडक’ भनेको छ । गृहमन्त्री लामिछानेले राजीनामा नदिएसम्म सदन नचल्ने कांग्रेस सांसद राजेन्द्र केसीले बताए ।

“गृहमन्त्री सहकारी पीडक हुनुहुन्छ । पीडितहरू हजारौं सङ्ख्यामा सडकमा हुनुहुन्छ । जबसम्म प्रधानमन्त्रीले यहाँ आएर आम नेपाली जनतालाई आश्वस्त पार्न सक्नुहुन्न, तबसम्म सदन चल्दैन,” उनले भने ।केसीले सहकारी ठगीमा जोडिएका लामिछानेको मुद्दा नसुल्झिएसम्म उनलाई उपप्रधान तथा गृहमन्त्रीको रुपमा स्वीकार गर्न नसकिने बताएका थिए ।

उनले स्वर्णलक्ष्मी सहकारीबाट सदस्य नभई ऋण लिएर उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले गाडी खरिद गरेको बताए । ‘अनुसन्धान नहुन्जेल विश्राम लिनुहोला । ठीक भएको अवस्थामा आउनुहोला होइन भने कुनै हालतमा गृहमन्त्री स्वीकार्न तयार छैनौँ,’उनले भने ।

प्रतिक्रिया दिनुहोस्