मिर्गौला बिग्रिए जीवन कष्टकर बन्ने भन्दै एमाले अध्यक्ष ओलीले गरे सचेत हुन आग्रह



काठमाडौं।नेकपा एमालेका अधयक्षा केपी शर्मा ओलीले मिर्गौला बिग्रिए जीवन कष्टकर बन्ने भन्दै सचेत हुन आग्रह गरेका छन्।

मिर्गौला दिवसका अवसरमा बिहीबार बिहानै समाजिक सञ्जालमा स्टाटस लेख्दै मिर्गौला रोग पीडित ओलीले मिर्गौला प्रत्यारोपण गर्नु धेरै जटिल काम भएको र डाइलासिस् गरेर रोकथाम गर्नु पनि झन्झटिलो भएको भन्दै मिर्गौला जोगाउन आफैं सजग हुनुपर्ने बताएका हुन।अध्यक्ष ओलीले दुई पटक मिर्गौला प्रत्यारोपण गरेका छन।

सामाजिक सञ्जालमा अध्यक्ष ओलीले लेखेका छन्-‘आज विश्व मिर्गौला दिवस । मिर्गौला दिवससँग मेरो भावनात्मक अनुभूति छ। किनभने मैले दुई पटक मिर्गौला प्रत्यारोपण गरिसकेको छु । हाम्रो सानो लापर्वाहीले मिर्गौला बिग्रिन सक्छ । जब मिर्गौला बिग्रिन्छ, तब जीवन कष्टकर बन्छ,’ उनले लेखेका छन्,’ प्रत्यारोपण गर्नु धेरै जटिल काम हो। डाइलासिस् गरेर रोकथाम गर्नु पनि झन्झटिलो छ। हामी सरकारमा हुँदा डाइलासिस् निःशुल्क गर्ने कार्यक्रम ल्याएका थियौं। मिर्गौला जोगाउन हामी आफैं सजग हुनु पर्छ, डाइलासिस् त अल्पकालीन रोकथाम मात्र हो । स्वास्थ्यप्रति सचेत बनौं, मिर्गौला जोगाऔं !’file foto

प्रतिक्रिया दिनुहोस्