एमालेले बोलायो महाधिवेशन प्रतिनिधि परिषद् बैठक,बैशाख ८ र ९ गते हुने
काठमाडौं।नेकपा एमालेले वैशाख ८ र ९ गते महाधिवेशन प्रतिनिधि परिषद् बैठक बोलाएको छ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज बिहान बसेको सचिवालय बैठकले महाधिवेशन प्रतिनिधि परिषद् बैठक बोलाउने निर्णय गरेको हो।पार्टी स्थापनाको ७५ औं वर्षगाँठको अवसरमा विशेष कार्यक्रम गर्ने र देशभरका अगुवा कार्यकर्ता सहभागी गराउने निर्णय गरिएको पनि महासचिव शंकर पोखरेलले जानकारी दिए।
बैठकले सत्ता समीकरणमा आएको परिवर्तनलाई सकारात्मक रूपमा लिँदै नयाँ समीकरणबाट बनेको सरकारलाई समर्थन गर्न अन्य राजनीतिक दलहरुलाई आग्रह गरेको पनि उनले बताए।

