नव नियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनियताको सपथ, २० सदस्यीय बन्यो मन्त्रिपरिषद
काठमाडौँ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार मन्त्रिपरिषद विस्तार गरेका छन् ।

सोमबार गठन भएको चार सदस्यीय मन्त्रिपरिषद्मा बुधबार १६ जना थप गरेर प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद विस्तार गरेका हुन्। बिस्तारित मन्त्रिपरिषदमा एमालेका ८, माओवादीका आफूसहित ६, रास्वपाका ४ र नेकपा समाजवादीका २ गरी २० जनाको प्रतिनिधित्व रहेको छ ।
सोमबार बिनाविभागीय तीन मन्त्री नियुक्त गरेका उनले उनीहरू सहित नवनियुक्त १६ जना मन्त्रीकै कार्यबिभाजन समेत गरेका छन्।नव नियुक्त मन्त्रीहरुलाई बुधबार नै पद तथा गोपनियताको सपथ गराईएको छ। शितल निवासमा आयोजित बिशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरुलाई पद तथा गोपनियताको सपथ गराएका हुन।
सत्ता साझेदार दलमा भएको सहमति अनुसार एमालेबाट रघुवीर महासेठ उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री, पदम गिरी कानुन न्याय तथा संसदीय मामिलामन्त्री बन्दा दामोदर भण्डारी उद्योग, ज्वालाकुमारी साह कृषि, बलराम अधिकारी भूमि व्यवस्था तथा सहकारी, हरि उप्रेती रक्षा, भगवती चौधरी महिला बालबालिका तथा ज्येष्ठ र राजेन्द्र राई खानेपानी बन्ने गरी कार्यविभाजन भएको राष्ट्रपति कार्यालयले जनाएको छ । जसमा गिरीले यसअघि नै शपथ लिइसकेका थिए ।
नेकपा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधान एवम् परराष्ट्र, वर्षमान पुन अर्थ, शक्ति बस्नेत ऊर्जा तथा जनस्रोत, रेखा शर्मा सञ्चार तथा सूचना प्रविधिमन्त्री र हितबहादुर तामाङ संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बनेका छन् ।
रास्वपाबाट रवि लामिछाने उपप्रधान तथा गृह, डोलप्रसाद अर्याल श्रम तथा रोजगार, विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद र सुमना श्रेष्ठ शिक्षामन्त्री र
नेकपा एकीकृत समाजवादीबाट भानुभक्त जोशी संघीय मामिला तथा सामान्य प्रशासन र धनबहादुर बुढा बुढा सहरी विकास मन्त्री नियुक्त भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

