यी हुन् प्रचण्ड नेतृत्वको सरकारमा सहभागीताका लागि तीन दलले टुंग्याएका मन्त्रीका नाम
काठमाडौं। नयाँ बनेको सत्ता गठबन्धनले १९ मन्त्रालयको टुङ्गो लगाएको छ । अब २ राज्यमन्त्री सहित ६ मन्त्रालय टुङ्ग्याउन भने बाँकी नै छ ।

चार दलीय गठबन्धनले नेकपा एमालेलाई ८, नेकपा माओवादी केन्द्रलाई ५, राष्ट्रिय स्वतन्त्र पार्टीलाई ४ र जसपालाई २ मन्त्रालय दिने निर्णय गरेको छ ।
सरकारको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रले सरकारमा रहेका तीन मन्त्रीलाइ दोहोरर्याउने निर्णय सहित मन्त्रीहरूको नाम टुङ्ग्याएको छ ।
जसअनुसार माओवादीले नारायणकाजी श्रेष्ठलाई पराराष्ट्र, वर्षमान पुनलाई अर्थ, रेखा शर्मालाई सञ्चार, शक्ति बस्नेतलाई उर्जा र हितबहादुर तामाङलाई पर्यटन मन्त्रालय दिने निर्णय गरेको छ ।
त्यसैगरी,राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागी हुने चार जनाको नाम टुंगो लगाएको छ ।
रास्वपाले गृह मन्त्रालयमा सभापति रवि लामिछाने, श्रममा उपसभापति डीपी अर्याल, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ र शिक्षामा सुमना श्रेष्ठलाई पठाउने भएको छ ।
उता,एमालेले ५ मन्त्रीको नाम लिस्ट तयार पारिसकेको छ। तर को कुन मन्त्रालयको पद सम्हाल्नेभन्नेबारे निर्णय भइसकेको छैन।सरकारमा एमालेले पाउने ८ मन्त्रालय मध्ये १ मन्त्रीले सपथ लिइसकेका छन् भने एक मन्त्रीको लागि मन्त्रालय टुङ्गो लागिसकेको छ।
सरकारमा पार्टीको नेतृत्व सचिव रघुवीर महासेठले गर्ने छन्। महासेठले उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्रीको पद सम्हाल्ने छन्।
यसअघि पदम गिरीले मन्त्री पदको शपथ लिइसकेका छन्। अब दामोदार भण्डारी, भगवती चौधरी, राजेन्द्र राई, ज्वालाकुमारी साह र बलराम अधिकारी पनि मन्त्री हुने छन्।

