नारी स्रष्टा समाजद्वारा विभिन्न साहित्यिक ब्यक्तित्व सम्मानित



काठमाडौं ।नारी स्रष्टा समाज नेपालले विभिन्न ब्यक्तित्वहरुलाई सम्मानित गरेको छ।

सामाजिक विकास समाजको सभाकक्ष अनामनगरमा सोमबार नारी दिवसको अवसरमा आयोजित कार्यक्रममा धनकुटे बालकृष्ण लक्ष्मी अधिकारी सम्मान अखण्ड भण्डारी नारी स्रष्टा सम्मानबाट साहित्यकारहरु ललिता दोषी, मन्जुश्री प्रधान,सरस्वती गौतम, रीता न्यौपाने,शारदा पराजुली,प्रीति कौर,सुशीला ढकाल अधिकारी, कमला पराजुली, कला डाँगी,पवित्रा दाहाल,मोनी श्रीवास्तव कोइरालालाई सम्मानित गरेको हो।

समाजकी अध्यक्ष ममता मृदुलको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि कथाकार भागिरथी श्रेष्ठ रहनु भएको थियो भने विशिष्ट अतिथिमा समालोचक प्रा. डा. गोविन्दमान सिंह कार्की, विधान आचार्य र द्वारिका घोरसाने रहनुभएको थियो।साहित्यकार बिन्दु अधिकारी ढकालले स्वागत गर्नु भएको सो कार्यक्रममा सम्मानित स्रष्टाका तर्फबाट अखण्ड भण्डारी, ललिता दोषी र सरस्वती गौतमले आआफ्नो मन्तव्य राख्नु भएको थियो ।

यसैगरी कार्यक्रममा प्रमुख अतिथिको श्रेष्ठ, अध्यक्ष मृदुल,
विशिष्ट अतिथि समालोचक प्रा. डा. गोविन्दमान सिंह कार्की, विधान आचार्यर द्वारिका घोरसानेले मन्तव्य राख्नु भएको थियो ।कार्यक्रममा लीलाध्वज साहित्य प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापा, भूगोल साहित्य समाजका अध्यक्ष विनोद नेपाललगायत साहित्यकारहरु मदन नेपाल, दिव्य गिरी, दीपक लोहनी, पार्वती भट्ट, गङ्गा कर्माचार्य, यमुना अधिकारी, विद्या अनामिका तिवारी, इन्दिरा चापागाईं, दुर्गाकिरण तिवारी, राजु सिंह, मन्दिरा चापागाईं, नवराज पोखरेल, गौरी न्यौपानेको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन समाजकी सचिव रञ्जना पराजुली लम्सालले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्