कांग्रेसले गर्‍यो प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिने निर्णय



काठमाडौं । नेपाली काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको समर्थन फिर्ता लिएको छ ।

मंगलवार अपरान्ह पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पार्टी केन्द्रिय कार्य सम्पादन समितिको बैठकले प्रधानमन्त्री दाहाललाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

प्रधानमन्त्री दाहाललाई दिएको समर्थन फिर्ता लिने निर्णय केन्द्रिय कार्य सम्पादन समितिको बैठकले गरेको पार्टीका उपसभापति धनराज गुरुङले जानकारी दिए।गुरुङका अनुसार बैठकले इलाम र बझाङको चुनावका लागि दल दर्ता गर्ने निर्णय पनि गरेको छ।

प्रतिक्रिया दिनुहोस्