क्यान्सर न्यूनीकरणका लागि आ–आफ्नो ठाउँबाट योगदान गर्न मन्त्री बस्नेतको आग्रह



काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले सरकारले क्यान्सर रोगविरुद्ध लड्न एकीकृत रणनीतिक योजना बनाएर अघि बढ्ने बताएका छन्।

आइतबार विश्व क्यान्सर रोग दिवसको अवसर पारेर मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बस्नेतले सम्बन्धित निकायले सचेत भएर काम गरे क्यान्सर रोग नियन्त्रण गर्न कुनै कठिनाई नहुने धारणा व्यक्त गरे।क्यान्सर रोग तत्काल उन्मुलन गर्नसक्ने अवस्था नभएको उल्लेख गर्दै उनले त्यसको न्यूनीकरणका लागि सरकारले कुनैपनि कसर बाँकि नराख्ने प्रतिवद्धता व्यक्त गरे।

उनले क्यान्सर न्यूनीकरणका लागि आ–आफ्नो ठाउँबाट सकेको योगदान पुर्‍याउन पनि सम्बन्धित सबै निकायलाई निर्देशन दिए । मन्त्री बस्नेतले क्यान्सर रोगविरुद्ध लड्ने आधार तत्काल पार्न पनि मातहतका निकायलाई सचेत गराए।

मन्त्री बस्नेतले भने, “यसले नेपालमा क्यान्सर रोगविरुद्ध लड्नका लागि एउटा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ । त्यसको निम्ति जग तयार पार्नेछ । त्यही जगको आधारमा आगामी दिनमा हामीले त्यो रोगविरुद्ध लड्नेछौँ ।” file foto

प्रतिक्रिया दिनुहोस्