नियम उल्लंघन गर्ने आधा दर्जन बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको कारबाही



काठमाडौँ।नेपाल राष्ट्र बैंकले आधा दर्जन बैंक तथा वित्तीय संस्थालाई कारबाही गरेको छ । कारबाहीमा पर्ने बैंक तथा वित्तीय संस्थाको सूचीमा ३ वाणिज्य बैंक, २ विकास बैंक र १ फाइनान्स कम्पनी छन् ।

सुपरभिजन विभागले स्थलगत अनुगमनका क्रममा नियमविपरित काम गरेको पाइएपछि कारबाही गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ।कारबाहीमा पर्नेमा ग्लोबल आईएमई,हिमालयन बैंक ,प्रभु बैंक,मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक र रिलायन्स फाइनान्स छन्।

नेपाल राष्ट्र बैंकको नियम बिपरित ती बैंक तथा वित्तीय संस्थाहरुले सेवाग्राहीसँग नियमभन्दा बढी ब्याज असुल गरेर फिर्ता नगरेको पाइएको थियो ।यस्तै, कर्जा सापटको वर्गीकरण नगरेको, कर्जा नोक्सानीवापत कायम गर्नुपर्ने व्यवस्था नगरेको लगायत छन् ।

यस्तै, अनुगमनका क्रममा पुँजी पर्याप्तता गणना गर्दा नेपाल राष्ट्र बैंकको नियम नमानेको लगायतका नियम उल्लघंन गरेको पाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्