नवराज विकसहित ६ जना हत्या प्रकरण : २३ जनालाई जन्मकैदको सजाय



काठमाडौं। साढे ३ वर्षअघि रुकुम पश्चिमको सोती गाउँमा भएको नवराज विकसहित ६ जनाको हत्या प्रकरणमा रुकुम पश्चिम जिल्ला अदालतले २३ जनालाई जन्मकैदको सजाय सुनाएको छ।

जिल्ला न्यायाधिश खड्गबहादुर केसीको इजलासले मंगलबार घटनाको कसुरमा थुनामा रहेका २३ जनालाई जन्मकैदको सजाय सुनाएको हो।

यस्तै, नवराजकी प्रेमिकासहित उनकी आमा र बुबालाई जातीय विभेदसम्बन्धी मुद्दामा २ वर्षको कैद तोकिएको छ। अदालतले उनीहरुलाई ५० हजार जरिवाना पनि गरेको छ।साधारण तारेखमा छुटेका ११ जनामध्ये ८ जनालाई भने सफाइ दिइएको रूकुम जिल्ला अदालत (रुकुम पश्चिम)ले जनाएको छ।

साढे तीन वर्षअघि नवराज विकसहित ६ जनाको ज्यान जाने गरी भएको घटनामा जिल्ला सरकारी वकिल कार्यालयले २ नाबालकसहित ३४ जना विरुद्ध मुद्दा दायर गरेको थियो।

प्रतिक्रिया दिनुहोस्