भारत-पाकिस्तान तनाव : काँग्रेसले भन्यो -‘आतंकवादको विरुद्धको कारबाही जायज’
काठमाडौं,२६ बैशाख।सत्तारुढ दल नेपाली कांग्रेसले कांग्रेस कुनै पनि किसिमको आतंकवादको विरुद्धमा रहेको बताएको छ।

शुक्रवार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकपछि बोल्दै पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेस आतंकवादको विरुद्धमा रहेको बताएका हुन्।‘हामी जहिले पनि आतंकवादको खिलापमा हुने कारबाहीलाई जायज ठान्छौँ । आतंकवादलाई कसैले पनि प्रसय नदेओस् भन्ने पक्षमा छौँ,’महतले भने ।
उनले पाकिस्तान र भारतबीच चाँडै शान्ति कायम होस् भन्ने पक्षमा कांग्रेस रहेको बताए। कांग्रेस आतंकवादलाई निरुत्साहित गर्नेतर्फ रहेको जिकिर गरे। नेपाली कांग्रेस सधैँ आतंकवाद निरुत्साहित गर्ने पक्षमा रहेको उनले बताए ।